काठमाडौं महानगरपालिकाको अपिल : अब फोहोर घरमै व्यवस्थापन गर्नुस् !

  • फागुन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं उपत्यकाबासीले अब घरमै फोहोरको व्यवस्थापन गर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरको घरमै व्यवस्थापन गर्न सार्वजनिक सुचना नै निकालेको छ ।

फोहोरको अन्तिम विसर्जन गरिँदै आएको स्थल नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्याण्डफिल् साइटमा फोहोर ढुवानीका लागि स्थानियबासीले अवरोध गरेपछि महानगरले यस्तो सुचना निकाल्न बाध्य भएको हो । स्थानियबासीले पासाङ ल्हामु राजमार्ग अन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग गर्दै फागुन १ गतेदेखि फोहोर ढुवानीमा अवरोध गर्दै आएका छन् ।

स्थानिय बासीको मागको सम्बन्धमा महानगरपालिकाले नेपाल सरकारको सम्बन्धित निकायमा समन्वय गरिरहेको र सरकारले नै माग पुरा गरिदिने अपेक्षा गरेको छ ।

महानगरबासीले घर, उद्योग वा पसर व्यावसायबाट उत्सर्गन हुने फोहोरलाई कुहिने र नकुहिने छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफै व्यवस्थापन गर्न महानगरपालिकाले सुचित गरेको छ । जथाभावी फोहोर नफाल्न र फोहोर लिन आउने गाडी आएपछि मात्रै फोहोर व्यवस्थापन गर्न महानगरपालिकाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved