मानिसहरु नुहाइरहेको नजिकै समुद्रमा खस्यो हेलिकप्टर (भिडियो)

  • फागुन ८, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको ठाउँ नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ । यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् ।

मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १ः१० मा भएको थियो । भिडियोमा एक ४४ हेलिकप्टर अनियन्त्रित हुँदै पानीमा खसेको देखिन्छ ।

मियामी बीचको दमकल विभागका प्रवक्ताले एनबीसी न्यूजलाई बताएअनुसार हेलिकप्टरमा चालकसहित तीन जना सवार थिए । उनीहरु तीनैजना घाइते भएका छन् र उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved