फुटपाथमा सुतिरहेका तीर्थयात्रीहरूलाई बसले किच्दा ७ जनाको मृत्यु

  • असोज २४, २०७६
  • कालापानी मिडिया
alt

फुटपाथमा सुतिरहेका तीर्थयात्रीहरूलाई बसले किच्दा ७ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशस्थित बुलन्द सहरमा फुटपाथमा सुतिरहेका तीर्थयात्रीहरूलाई बसले किच्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको मृत्यु भएको छ ।

शुक्रबार बिहान गंगा नदी नजिकै गान्धी घाटमा उक्त घटना घटेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

मृत्यु हुने सातै जना महिला हुन् जसमा तीन जना बालिका भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

असोज १६ गते ५६ जनाको टोलीसहित भारतको मोहनपुर गाउँबाट हिँडेका उनीहरू जम्मुकस्मिरमा रहेको माता वैष्णोदेवी मन्दिरबाट फर्किँदै थिए।

शुक्रबार बिहान पौने ३ बजे आराम गर्नका लागि गाडी रोकिएको थियो। केही तीर्थयात्री त्यही फुटपाथमा सुतेका थिए। बिहानको ४ बजे तीव्र गतिमा आएको बसले ७ जनालाई किचेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved