काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आइतबार संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् ।
‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने, ‘सरकारले जसरी पनि लैजान खोजे सरकार जे हुन्छ, हुन्छ ।’ एकीकृत समाजवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमीसीसी सदनमा टेबल गर्न दिने निणर्य गरेको थियो ।
समाजवादीका सम्मानित नेता झलनाथ खनालले उक्त निणर्यको विरोध गरिरहेका छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved