२४ करोडको लागतमा इनरुवामा भव्य सपिङ कम्प्लेक्स निर्माण हुने

  • फागुन ९, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । नगर विकास कोष र इनरुवा नगरपालिकाबिच 'इनरुवा सपिङ कम्प्लेक्स' आयोजना निर्माणका लागि ऋण सम्झौता भएको छ ।

आइतबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताबिच १९ करोड ४५ लाख २६ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको हो । कम्प्लेक्स निर्माणको कुल अनुमानित लागत रकम २४ करोड ३१ लाख ५८ हजार रहेकोमा ८० प्रतिशत ऋण रकम कोषको तर्फबाट र २० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सहमति भएको छ ।

इनरुवा नगरपालिका वडा नंं १ मा करिब ५ कठ्ठा १८ धुर क्षेत्रफलमा सो भवन निर्माण हुन लागेको हो । सपिङ कम्प्लेक्स निर्माणलाई नगरपालिकाको महत्त्वपूर्ण व्यावसायिक आयोजनाको रूपमा हेरिएको छ । 

सम्झौता पत्रमा हस्ताक्षर गर्दै इनरुवा नगरपालिकाका नगर प्रमुख मेहताले नगरवासीलाई व्यवस्थित र आधुनिक सहरी सेवा सुविधा प्रवाह गर्न यस आयोजनामा नगर विकास कोषको ऋण महत्त्वपूर्ण हुने बताए । साथै उनले आयोजना गुणस्तरीय रूपमा समयमा नै सम्पन्न गर्नेतर्फ प्रतिबद्धता समेत व्यक्त गरे ।

कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा  आयोजनालाई गुणस्तरीय बनाउन तयारी तथा विकासको चरणदेखि नै आफूहरूको नगरपालिकासँग सहकार्य भएको बताए । आयोजनालाई गुणस्तरीय रूपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे । यस आयोजनाबाट व्यवस्थित व्यवसायीक क्रियाकलाप, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणकामा समेत महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved