नेपाल विश्वकप नजिक, आज युएईसँग भिड्दै

  • फाल्गुन १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ को सेमिफाइनल खेल खेल्दै छ । आज नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा नेपालले युएईको सामना गर्दै छ ।

ओमानको अल अमेरातमा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण छ । किनकि, यो खेलले नेपालको विश्वकप यात्राको टुङ्गो लगाउने छ । युएईलाई जितेमा नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाउने छ ।

सेमिफाइनल जितेर फाइनल पुग्ने दुई टोली यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा छनोट हुनेछन् । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपालले समूहको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । तीन खेलमा अपराजित नेपालले समूहमा ६ अङ्क बनायो । ओमान चार अङ्क जोड्दै दोस्रो भयो । क्यानडा र फिलिपिन्स समूहबाट बाहिरिए । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved