विराटनगर । भारतीय नागरिको हत्या आरोपमा एक जना युवा पक्राउ परेका छन् । भारतीय नागरिक ५० वर्षीय राम किसन मिर्णाको हत्या आरोपमा उदयपुर घर भइ मोरङको पथरीमा बस्दै आएका २८ वर्षीय कमल थापा भनिने कमल बिकलाई इलाका प्रहरी कार्यालय पथरीले सोमबार पक्राउ गरेको हो ।
हत्या भएको राम किसन पुलमा प्रयोग हुने उपकरण ‘पायलिङ्ग मेसिन’ को ठेकेदार रहेको खुलेको छ । लेनदेनमा हिसाब नमिलेपछि भारतीय ठेकेदार रामकिसनको हत्या सँगै काम गर्ने कमलले गरेको प्रारम्भीक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । मृतक राम किसनले अहिले मोरङको मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित डाँसखोलाको पुलको ‘पायलिङ्ग मेसिन’ लगेर करिब ढेड महिनादेखि काम गर्दै आएका थिए । कमल पायलिङ्ग मेसिनको रेखदेख र ठेक्का लगाउने काम गर्थे । पायलिङ्ग मेसिन पुल बनाउन प्रयोग हुने गर्दछ ।
ठेक्का लगाएर काम गरेबापत आएको रकम हिसाब नमिलेपछि भारतीय नागरिकको हत्या भएको प्रारम्भीक चरणको अनुसन्धानबाट खुलेको एसपी जिसीले जानकारी दिए । पक्राउ परेका कमलले सँगै काम गर्ने भारतीय नागरिकलाई २६ माघमा राती मारेको खुलेको हो । हत्या गरेको १३ दिनपछि कमल पक्राउ परेका हुन् ।
मृतक भारतीय नागरिक रामकिसन पाँच वर्षदेखि नेपालको विभिन्न स्थानमा निर्माणको ठेक्का लिएर काम गर्दै आएका छन् । उनी ढेड महिना अगाडी मोरङको कानेपोखरीमा पर्ने डाँसखोलाको पुलमा पायलिङ्ग मेसिन लिएर गएका थिए । त्यसबेला प्रतिवादी कमलसँग उनको चिनजान भयो । पायलिङ्ग मेसिनको ठेक्का कमलले लगाउने गरेका थिए । कमललाई रामकिसनले म्यानेजर बनाएका थिए । उनीहरूको ठेक्का विरगन्जमा पनि छ ।
‘विरगन्जमा साइट हेर्न जाम भन्दै २३ माघमा कमलले राम किसनलाई लिएर हिँडे । उनीहरु भारतीय नम्बर प्लेटको कारमा पथरीबाट रामसिकनले गाडी ड्राइभ गरेर विरगन्जतिर हिँडे । २४ माघमा विरगञ्जस्थित नारयणी हस्पिटलमा चलिरहेको साइट हेर्छन् र उनीहरु त्यस दिन बस्छन् । भोलीपल्ट २५ माघमा पथरी आउने भनेर फर्किन्छन् । रामकिसनले ड्राइभ गरेकोले कमलले बाटोमा गाडी रोक्दै मदिरा खाँदै आउँछन् । मिर्चैया आएपछि उनीहरुको विवाद सुरु हुन्छ । कमलको घर कटहरी भएकोले मेरो घर जाम भन्दा त्यही बीचमा भारतीय नागरिक रामकिसनले कमललाई एक थप्पड लगाइन्छ । पहिलादेखिको काम गरेबापत आएको रकम हिसाव पनि नमिले र अपशब्द बोल्दै हेप्ने भन्दै गाडी भित्र झगडा हुन्छ । कमलले गाडी भित्र रहेको मोवाइल चार्ज गर्ने तारले रामकिसनको घाँटी बाँधेर हत्या गरेको बयानको क्रममा स्वीकार गरेका छन्,’ घटनाको अनुसन्धान गरेको एक प्रहरी अधिकृतले भने ।
हत्या गरेपछि कमलले रामकिसनको शव कारको डिक्कीमा राखेर आफै गाडी चलाएर उदयपुरको जंगलरतिर लागेका थिए । हत्या गरेको घटनास्थलदेखि करिब २५ किलोमिटर टाढा उदयपुरको कटहरी नगरपालिका ८ पटना भन्ज्याङ्गस्थित सिद्धिचरण राजमार्गबाट करिब २० मिटर तल शव फालेर कमल हिँडेको प्रहरीले जनाएको छ । शव फाल्दा माघ २६ गते विहान १ देखि २ बजेको समय भएको थियो ।
कमलले हत्या गरेपछि रामकिसनको भारतीय नम्बर प्लेटको गाडी सुनसरीको भाण्टावारी नाका हँुदै भारतको वीरपुरस्थित रहेको स्कूलको कम्पाउण्डमा लगेर राखिदिन्छन् । ‘कारको चाही बाटोमा फालिदिएको र रामकिशनले बोक्ने गरेको मोवाइल र सीमकार्ड सप्तकोशीमा फालिदिएको खुलेको छ,’ घटनको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘शव व्यवस्थान र कार पनि भारतमा छोडेर आएपछि उनी सार्वजनिक बस चढेर पथरी आएको देखिएको छ ।’
रामसिकनको हत्या गरेपछि कमल २७ माघदेखि नियमित काममा फर्किएको देखिएको छ । उनले हत्यामा आफ्नो संलग्न नरहेको देखाउन निक्कै चलाखी पनि गरेको देखिएको छ । कमलले हत्या गरेपछि रामकिसन हराएको सूचना दिन प्रहरी कार्यालय पनि गएको देखिएको छ ।
परिवारको सम्र्पक बाहिर रहेका रामकिसनको २७ माघमा उनी चढ्ने कार भारत विरपुरमा भेटेपछि मृतकका आफन्त भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको सम्र्पकमा आएका थिए । मृतकका आफन्त इलाका प्रहरी कार्यालय पथरीमा ६ फागुनमा हुलियासहित रामकिसन हराएको निवेदन दिएका थिए । घटना शंकास्पद देखिएपछि इप्रका पथरीले मिहिन ढंगगले अनुसन्धान अगाडि बढायो ।
यहीबीचमा घटनामा संलग्न कमल पनि रामहरी हराएकोले खोजि गरिदिन इप्रका आएका थिए । ‘रामकिसानसँग सँगै काम गर्ने व्यक्तिहरुलाई सोधपुछको लागि बलाएका थियौं । त्यसबेला कमललाई बोलाएका थियौं । उनको गतिविधि शंकास्पद थियो । हत्या हुनुभन्दा अगाडि कमलसँग मृतक विरगन्ज गएको खुलेपछि उनले हत्या स्वीकार गरेको थिए,’ एक प्रहरी अधिृकतले भने, ‘कमलले हत्या गरेको १२ दिनपछि ७ फागुनमा रामकिसनको शव भेटिएको थियो । घटनास्थलमा कमलको सिडिआर र लोकेन पनि मिलेको छ ।’ मृतकका आफन्तले रामकिसानले लगाएको लुगा अन्य विभिन्न आधरबाट शवको खनाखत गरेको प्रहरीले जनाएको छ । इप्रका पथरीले पक्राउ परेको कमललाई थप कारवाहीको लागि सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुर पठाएको छ ।
हत्या गरेको स्थान र शव भेटिएको स्थान उदपुयर भएकोले कारवाही प्रक्रियाको लागि कमललाई उदयपुर पठाएको हो । मंगलबार कर्तब्य ज्यान मुद्दामा अदालतमा म्याद थप गरि अनुस्न्धान प्रक्रिया अगाडि बढाउने उदयपुर प्रहरीका प्रवक्ता डिएसपी बेद प्रसाद गौतमलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved