कल सेन्टरका नाममा अवैध कारोबार : एक चिनियाँसहित थप ८० जना भक्तपुरबाट पक्राउ

  • फागुन १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । भारतीय युवा युवतीलाई छोटो समयको लागि ऋण दिने भन्दै अवैध रुपमा आर्थिक कारोबार गर्ने ८० जना भक्तपुरबाट पक्राउ परेका छन्।

प्रहरी परिसर भक्तपुरले मंगलबार दिउँसो सानो ठिमीस्थित एउटा घरबाट एक चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरिएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए। यसअघि काठमाडौंबाट पनि यस्तै कार्य गर्ने एक चिनियाँसहित ३७ जनालाई मध्य बानेश्वरबाट पक्राउ गरेको थियो।

उनीहरुले कल सेन्टरको नाममा सानो ठिमीमा एउटा तीन तले घर भाडामा लिएर अनलाइनमार्फत भारतीय नागरिकलाई ऋण दिने भन्दै ब्याजसमेत असुल्ने गरेको पाइएको छ। 

उक्त घरमा छापा मारेर प्रहरीले ४७ जना महिला र ३३ जना नेपाली पुरुषलाई पक्राउ गरेको हो। एप्समार्फत भारतीयलाई ऋण दिने र त्यसको ब्याजसहित २९ वर्षीय चिनियाँ नागरिक वाङझिनोले लिने गरेको पाइएको छ। 

नेपालीलाई भने चिनियाँ नागरिकले कर्मचारीका रुपमा भर्ना गरेका हुन्। उनीहरुलाई १६ देखि १८ हजार रुपैयाँसम्म तलव दिएको पाइएको छ। प्रहरीले यस कार्यालयमा प्रयोग गरिएका १४ थान कम्प्युटर, ४८ थान ल्यापटप र २ थान आइप्याड नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved