मन्त्री आलेकाे आक्राेश : जसले पशुपतिनाथमाथि गिद्धेदृष्टि लगाउँछ उसको कहिल्यै कल्याण हुने छैन

  • फाल्गुन १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सँंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने बताएका छन् । आज महाशिवरात्रि पर्व-२०७८ मूल समारोह समितिको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

‘भारतीय सरकार प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु दिएर धर्मशाला निर्माण गर्न दिएको आज कौडीको भाउमा विगतका प्रमुखहरूले बेच्ने काम गर्नु भएको छ । बतास समूहले ल्याएको अल्पकालीन आदेश पनि सोमबार खारेज भइसकेको छ । त्यसकारण पशुपतिले सबैको रक्षा गर्नेछन् ।’

उनले थपे, ‘जसले पशुपतिमाथि गिद्धेदृष्टि लगाउँछ त्यसको कहिल्यै पनि कल्याण हुने छैन । अहिले त्यो धर्मशाला हामीसँग भएको भए करिब ४०० जना साधुसन्त, दर्शनार्थीहरू राख्न सकिन्थ्यो । तर, त्यो भएन । अब छिट्टै हामी धर्मशाला फिर्ता ल्याउँदैछौं ।
यही फागुन १ गते उच्च अदालत पाटनले होटेल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आवश्यक प्रमाण माग गरेको थियो । सोमबार अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved