इटहरी ।सुनसरीको धरानमा जेब्रा झोलामा भेटिएको शवको सनाखत भएको छ । जेब्रा झोलामा अलगअलग शव भेटिएकाे एक सातापछि सनाखत भएको हाे । झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दीपक सिग्देलको शव रहेको पत्ता लागेको प्रहरीले जानकारी दिएकाे छ ।
शवको पहिचान नखुल्दा घटनाको अनुसन्धान असहज बनिरहेका बेला हत्या गरिएका व्यक्ति सिग्देल भएको खुलेको हो । जेब्रा झोलाभित्र प्याक गरेर सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जङ्गलमा फ्यालिएको अवस्थामा एक साताअघि शव भेटिएको थियो ।
उनको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वैदेशिक रोजगारीका लागि बहराईन पुगेर फर्किएका उनकाे परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको पाइएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved