प्रेमीसँग घरजम बसाउन श्रीमानको हत्या, श्रीमानको शव जंगलमा फालेर भेडेटारमा मस्ती

  • फाल्गुन ११, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । बराइनबाट १५ दिनको विदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षिय दिनेश सिग्देलको विर्भत्स तरिकाले आफ्नै कान्छी श्रीमती र प्रेमि मिलेर हत्या गरेको खुलेको छ । सिग्देलको हत्या विराटनगर– ३ पिपलचौकमा डेरा गरि बस्ने कान्छी श्रीमित ३० वर्षिय अनिता केसी र विराटनगर–४ इकराइका २९ वर्षिय सरोज भण्डारीले गरेको खुलेको हो ।

हत्या आरोपमा पक्राउ परेका भण्डारी अनिताकी प्रेमि हुन् । उनीहरुले माघ २२ गते राती सिग्देलको हत्या गरेर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी संन्जयसिंह थापाले जानकारी दिए । हत्या गरेको भोलीपल्ट भण्डारीको शरिर ग्रेडर मेसिनले काटेर दुई वटा जेब्रा झोलामा हालेर धरान–४ कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकको जंगलमा सिटी सवारीमा हालेर फालिदिएका थिए ।

भण्डारीको हत्या गरेको १२ दिनपछि ४ फागुनमा टाउको, हात खुट्टा जेब्राको झोलामा फेला परेको थियो । शव फेला परेको एक हप्तापछि सोमबार सिक्देलकाे पहिचान खुलेको हो । पहिचान खुलेकै दिन प्रहरीले हत्या आरोपमा कान्छी श्रीमती अनिता र प्रेमि सरोजलाई पक्राउ गरि सुनसरी प्रहरीले मंगलबार धरानमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

रोजगारको सिलशिलामा सिग्देल बराइन रहेकोको र कान्छी श्रीमतीसँगको सम्बन्धमा दरार उत्पन्न भएको कारणले प्रेमिसँग मिलेर हत्या गरेको प्रारम्भीक चरणको अनुसन्धनाबाट खुलेको एसपी सिंहले बताए । ‘श्रीमानले बिदेशमा कमाएको रकम कान्छी श्रीमतीलाई पठाउने गरेका थिए । उक्त रकम प्रेमिसँग मिलेर मोजमस्तीमा उडाउने गरेको देखियो । त्यही भएर श्रीमान श्रीमतीको सम्बन्धमा खटपट थियो । स्वदेश फर्किएपछि मार्ने योजना अनुसार प्रेमिसँग मिलेर हत्या गरेको देखिएको छ,’ एसपी सिंहले भने ।

भण्डारीले कान्छी श्रीमिती अनितालाई पठाएको १ लाख रुपैयाँ प्रेमि सरोजलाई ऋण बापत दिएकी थिइन् । त्यसमा थप ७५ हजार रुपैयाँ पनि दिएर विदेशबाट आउँदै गरेको श्रीमान दिनेशको हत्या गर्ने र प्रेमि सरोजसँग घरजम बिताउने उद्देश्यले योजनाबद्ध तरिकाले हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी सिंहले बताए ।

प्रेमिसँग मिलेर यसरी गरे हत्या

१० महिनाअघि बराइन गएका दिनेश १५ दिनको विदाको लागि पुस २० गते घर आएका थिए । माघ २१ गते कान्छी श्रीमती अनितासँग भेट भएपछि उनीहरू विराटनगरस्थित नोबेल अगाडिको एक होटलमा बस्दछन् । होटलमा एक रात बसेपछि उनीहरु विराटनगर ३ पिपलचौकस्थित डेरामा २२ माघमा रातीतिर पुग्छन् । अनिताको पूर्व योजना अनुसार प्रेमि सरोजलाई त्यसअगाडि जानकारी दिन्छन् र कोठामा बसेका हुन्छन् । अनिताले श्रीमानलाई कोठामा पु¥याउँदा सरोज खाटमा बसेका थिए । कोठामा पुगेको केहीबेरमा सरोजले परिबन्धमा पारेर दिनेशको घाँटीमा गलबन्दीले कसेर दुबै जनाले हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी सिंहले बताए । दिनेशको हत्या गरेपछि उनीहरु त्यसरात दुवै जना बाहिर बसेका थिए । भोली पल्ट २३ माघमा विहान कोठामा आएर शव व्यवस्थापन गर्नतर्फ जुटेको देखिएको प्रहरीको भनाइ छ । अनिताको माइती सुनसरीको प्रकाशपुर हो । उनकी ७ छोरी वर्षीय छोरी छ । सरोजको हत्या गरेको दिन छोरी मामा घरमा हुन्छिन् ।

श्रीमानको शवलाई टुक्र्याउन ४ हजारमा ग्रेडर मेसिन

कोठाभित्र श्रीमानको हत्या गरेपछि शवको व्यवस्था गर्ने योजना बनाउँछन् । त्यसको लागि दिनेशको शरीर टुक्रा–टुक्रा पार्ने र जेब्रा झोलामा हालेर फाल्ने । सोही योजना अनुसार ४ हजार रुपैयाँमा स्थानीय बजारबाट ग्रेडर मेसिन र तीन थान जेब्रा झोला र पोलिथिन खरिद गरी शव व्यवस्थापनमा लाग्छन् । ग्रेडर र खुकुरीले दिनेशको घाँटी काटेर टाउको र दाहिने तिघ्राको भाग अलग गराउँछन् । टाउको र तिघ्राको भाग १ वटा झोलामा र शरीरको भाग अर्को झोलमा हाली सोही दिन साँझ ट्याम्पोमा भाडामा लिए इटहरी हँुदै शव धरान ४ को जंगलमा लगेर फालिदिए ।

श्रीमानको शव जंगलमा फालेर प्रेमिसँग भेडेटारमा मस्ती

प्रेमिसँग मिलेर दिनेशको हत्या गरेपछि शव जंगलमा फालेर उनीहरु पर्यटकीय गन्तव्य भेडेटार बास बसेको खुलेको छ । एक रात भडेटारमा बसेपछि भोलीपल्ट २४ माघमा विराटनगरमा आएर बसेका छन् । सरोज र अनिता ५/६ महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरू सँगै बस्दै आएका थिए । सरोजको श्रीमती सम्बन्ध राम्रो नभएपछि माइती बस्दै आएकी थिइन् ।

हत्यामा प्रयोग गरिएको ग्रेडर मेसिन, गलबन्दी पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानले सुनसरी अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved