एमसीसीबारे चीनले भन्योः उपहार कहिलेदेखि ‘अल्टिमेटम’का साथ दिन थालियो?

  • फागुन ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । चिनियाँ विदेश मन्त्रालयले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताबारे फेरि टिप्पणी गरेको छ। मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति व्यंग्य गरिन्।

‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ। नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ भनेको छ,’ हुवाले बुधबारको नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो? त्यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ? यो ‘उपहार’ हो कि प्यान्डोराको बाकस?’

नेपालका लागि सो उपहार स्वीकार गर्न कठिन साबित हुने उनको भनाइ थियो।चाइना न्युज सर्भिसले सोधेको नेपालसम्बन्धी प्रश्नमा उनले अन्तर्राष्ट्रिय सहकार्य आपसी सम्मान र समानताको आधारमा हुनुपर्ने चीनको मत रहेको पनि बताइन्।

‘सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ। सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन। जुलुम कूटनीति गरिनुहुँदैन,’ प्रवक्ता हुआले भनिन्।

यसअघि पनि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमाथि अमेरिकाले जबर्जस्ती गरिरहेको आरोप लगाएका थिए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved