हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा पुनः हिमपात भएको छ।हिमपातको कारण सिमकोटमा हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ। नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका सिमकोट विमानस्थल कार्यालयले जनाएको छ।
सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ।
त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ। हिमपात हुँदा कृषक औधी रमाएका छन्। कृषक हरिप्रसाद जैसीले भने, ‘यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved