रुसको आक्रमणमा युक्रेनी सेनासहित १३७ नागरिकको मृत्यु

  • फागुन १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन्।

रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्या बढ्दो छ। आक्रमणको निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय बढ्दो छ । आक्रमण शुरु भएकै दिन हिजो एकै दिनमा १ लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र संघले जनाएको छ । झण्डै ५ लाख मानिस बसोबास गर्ने बन्दरगाह शहर मुरिपोलमा पनि विष्फोट भएको छ।

युक्रेनबाट रुसमा सैन्य खतरा भएकोले त्यसको असैन्यीकरण गर्न कार्बाही गर्नु परेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ । साथै युक्रेन नव–नाजीहरुले सञ्चालन गरेको आरोप समेत पुटिनको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा सैनिक शाशन लागु गरिएको घोषणा गरेका छन्। रुस माथि अमेरिका र बेलायतले नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्। जसमा बैंकहरूमा रहेको सम्पत्ति रोक्का गरिने छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन माथि हतारमा गरिएको आक्रमणको रुसलाई महंगो पर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved