सुदूरपश्चिम सरकारको दुईवर्षे कार्यकाल प्रति प्रदेश सांसद असन्तुष्ट

  • फाल्गुन ४, २०७६
  • कालापानी मिडिया
alt

कैलाली । २०७४ साल ५ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ लिएका थिए। मुख्यमन्त्रीसंगै प्रदेश सरकारको मन्त्री मण्डलमा नियुक्त भएका अन्य छ मन्त्रीले पनि प्रदेशबासीलाई विकास र समृद्धीका सपना बाडेका थिए। तर प्रदेश सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि सो अनुरुप काम नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

सत्तारुढ दल नेकपाकी प्रदेशसभा सदस्य शान्ती नेपालीले प्रदेश सरकारले ३२ ऐन निर्माण गरेको भएपनि विकास निर्माणमा सुस्त रहेको आरोप लगाईन्। ‘प्रदेश सरकारले केही नगरेको त होईन्। कानून निर्माणमा अघि छाँै।’ उनले भनिन्। ‘तर विकास निर्माणमा जुन हाम्रो अपेक्षा थियो। त्यो अनुसार भएको छैन्। जनताहरुमा पनि अपेक्षा बढि रहेको छ।’

अन्य प्रदेशसभा सदस्यहरुले पनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरेका छन्। निर्वाचनको समयमा जनतासंग गरेका बाँचा पनि प्रदेश सरकारले बिर्सीदै गएको भनाई पनि उनीहरुको छ। प्रदेश सरकारले अधिकारको दुरुपयोग गर्दै गाउँगाउँ सम्म भ्रष्टाचार पुगाएको प्रतिपक्षी दल राजपाकी प्रदेशसभा सदस्य मालामती रानाले बताईन्।

प्रदेश सरकार विकास निर्माणका काममा एक्दमै सुस्त छ। रानाले भनिन्, ‘प्रदेशमा भ्रष्ट्राचार मौलाएको छ। प्रदेशको सुशासन ऐन पनि छ। तर ऐन कार्यान्वयनमा गएको छैन्।’ प्रदेश सरकार गठन भएको पहिलो वर्ष सिकाई र कानून निर्माणको वर्ष भएको दावी गरिएको थियो। तर दोस्रो वर्ष बत्दिा पनि प्रदेश सरकारको काम गर्ने शैलीमा परिवर्तन नआएपछि प्रदेशसभा सदस्यहरुमा पनि नैराश्यता उत्पन्न भएको हो।

उनीहरुले प्रदेशसभा सदस्य भएको भान समेत गर्न नपाएको गुनासो गरेका छन्। सुदूरपश्चिमका मन्त्रालयमा विकासका योजना माग गर्दा खल्तीबाट दिएको जस्तो व्यवहार मन्त्रीबाट हुने गरेको गुनासो नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य दिव्यश्वरी शाहको छ। उनले सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले योजना माग गर्दा खल्तीबाट दिएको जस्तो व्ययभार गरेको उनको गुनासो छ।

‘हामीले धेरै पटक मुख्यमन्त्री र मन्त्रीलाई सरकारको कामको बारेमा ध्यानाकर्षण गराएका छौँ। उनीहरुले चासो दिएका छैनन्। भ्रष्ट्राचारमा मात्र उनीहरुको ध्यान छ। जनताको कामको बारेमा सुन्न पनि उनीहरु तयार छैनन्।’ प्रदेश सभा सदस्य शाहले भनिन्। २०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अहिलेका प्रदेशसभा सदस्यहरुले पनि जनतालाई विकास निर्माणको काम गर्ने आश्वासन दिएका थिए।

अहिले सुस्त प्रदेश सरकारका कारण काम गर्न नसकिएको गुनासो प्रदेशसभा सदस्यहरुको छ। उनीहरुले कानून निर्माणमा केही प्रगती भएको जस्तो देखिएपनि विकास निर्माणमा प्रदेश सरकार सुस्त रहेको बताएका हुन्। सत्तारुढ नेकपाकै प्रदेशसभा सदस्य बलबहादुर सोडारीले प्रदेश सरकारले केही नगरेको भन्ने नभएको बताए। ‘तर जनताको अपेक्षा बढि भएको उनले बताए।

प्रदेश सरकारले केही नगरेको भन्ने हैन्। सुरुवाती चरणमा रहेकाले अन्यौल्ता छ। कर्मचारीको अभावका कारण पनि विकास निर्माणका काम गर्न समस्या छ।’ उनले भनिन्। विकास निर्माण भन्दा पनि सुदूरपश्चिम प्रदेश सरकार भ्रष्ट्राचारमा लिप्त भएको आरोप प्रदेशसभा सदस्यको छ। पहिलो वर्ष परिक्षणको रुपमा लिएको भएपनि दोस्रा वर्षमा पनि अधिकारको दुरुपयोग गर्दै गाउँगाउँ सम्म भ्रष्टाचार मात्रै पुगेपछि प्रदेश सभा सदस्यहरु निरास छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved