झापाको पर्यटकीय क्षेत्र दोमुखामा भिषण आगलागी

  • फागुन १३, २०७८
  • कालापानी मिडिया
alt

काडमाडौं । झापाको पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका– १० स्थित दोमुखामा गएराति आगलागी भएको छ। बिहीबार राति ११ बजे दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एक तले भवनमा बिजुली चुहावट भई आगलागी भएको प्रहरीले जनाएको हो ।

आगलागीमा परी शिवसताक्षी– १० दोमुखा निवासी ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। हात र अनुहार जलेर घाइते भएकी आमा–छोरी दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै भवनमा आगलागी हुँदा स्थानीय हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, डम्बर मगरले सञ्चालन गरेको होटेल जलेर नष्ट भएको छ। साथै सोही भवनमा रहेको दोमुखा युवा क्लबको अफिस समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी दमक, कमल र बिर्तामोडको तीन वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति साढे १ बजे नियन्त्रणमा लिएको छ। आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved