युक्रेनमाथि भएको आक्रमणको विरोधमा आज दोस्रो दिन पनि रुसभित्रै प्रदर्शन, १७ सय प्रदर्शनकारी पक्राउ

  • फाल्गुन १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आज दोस्रो दिन पनि रुसले युक्रेनमा आक्रमणलाई निरन्तरता दिएको छ । राजधानी किभमा कयौँ पटक विस्फोट भइरहेको बिबिसीले जनाएको छ ।
यसैबीच, युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमा विरोध प्रदर्शन भइरहेको छ । राजधानी मस्को, सेन्ट पिटर्सवर्गलगायत ठाउँमा हजारौँ नागरिक विरोध प्रदर्शनमा उत्रिएका बीबीसीले जनाएको छ । प्रहरीले अहिलेसम्म १७ सय प्रदर्शनकारीलाई पक्राउ गरेको खबरमा उल्लेख गरिएको छ ।

यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले सेनाको परिचालनको आदेश दिएका छन्। रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आमरूपमा सेना परिचालनको आदेश दिएका हुन्। एक भिडियो सन्देशमार्फत उनले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved