काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीलाई हराएको छ । आज बिहान भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २-० गोलले हराएको हो ।
साउथह्याम्पटनका चे–एडम्स र ओरिओल रोमेउले एकरएक गोल गरे । जितसँगै साउथह्याम्पटनको २६ खेलमा ३५ अङ्क भएको छ ।
साउथह्याम्पटन लिगको नवौँ स्थानमा छ । समान खेलमा नर्विच १७ अङ्ककासाथ पुछारमा छ । ६३ अङ्ककासाथ म्यानचेस्टर सिटी शीर्षस्थानमा कायमै छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved