रुसले युक्रेनका दुई सहरमा मानवीय सहयोग मार्ग खुल्ला गर्न अस्थायी युद्धविरामको घोषणा गरेको छ। बिबिसीका अनुसार रुसी रक्षा मन्त्रालयले मारिओपो र भोल्नोभाखामा रुसी समयअनुसार शनिबार १० बजेदेखि मानवीय सहयोग मार्ग खोल्ने घोषणा गरेको हो।
सर्वसाधारणलाई सुरक्षित रुपमा सहर छाड्न सहयोग गर्ने युक्रेनी अधिकारीहरुसँग समझदारी भएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी, युक्रेनी अधिकारीहरुले यस विषयलाई पुष्टि गरीनसकेका समाचारमा जनाइएको छ। यसअघि मारिओपोका मेयर भादिम बोइचेन्कोले नाकाबन्दीबीच रुसी सेनाले क्रुर हमलाहरु गरेको भन्दै मानवीय सहायता मार्गको माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved