काठमाडौंमा विष सेवन गरी एकै परिवारका चारजना बेहोस, एकको मृत्यु

  • फागुन २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर भएका मानिसहरु विष सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

त्यहाँबाट उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटैमा मृत्यु भएको र अन्य चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

मृत्यु हुनेमा ३३ वर्षीय सुर्णणमान प्रधान रहेका छन्। त्यस्तै अचेत अवस्थामा रहेका ६२ वर्षीया ईन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, र ११ वर्षीया सुप्रिया प्रधान छन्। घटनाबारे प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved