पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २२५ रुपैयाँ पु¥याउने रुसको चेतावनी

  • फागुन २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसले पेट्रोलियम पदार्थको मूल्यमा उच्‍च वृद्धि हुने चेतावनी दिएको छ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको हो ।

साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुसले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्‍चा तेलको मूल्य तीन सय डलरसम्म पुग्‍न सक्ने चेतावनी दिएको छ । एक ब्यारेलमा १५९ लिटर हुन्‍छ । कच्‍चा तेलको मूल्य प्रतिलिटर १.८८ अमेरिकी डलर अर्थात २२५ रुपैयाँ हुन्‍छ ।

रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको बताए । संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच सोमबार मात्रै तेलको भाउमा व्यापक वृद्धि भएको थियो । सोमबार रुस–युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३८ डलर पुगेको थियो । तेलको मूल्य सन् २००८ यताकै उच्च तहमा पुगेको छ ।

बीबीसीका अनुसार विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ । युक्रेनमा जारी लडाईँ तत्काल रोकिने कुनै सम्भावना छैन । युरोपलगायत अन्य देशहरूमा धातुका साथै गहुँ, मकैलगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved