चोक-चोक र गल्ली-गल्लीमा न्यायाधीश र वकिल जन्मिएपछि अदालतको के काम ? राप्रपा नेतृ रेखा थापा

  • फागुन २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाले नवालिग गायिकाको पक्षमा आफूले बोल्दा समाजबाट दुत्कार सहनुपरेको गुनासो गरेकी छिन् ।

महिला दिवसका सन्दर्भमा आयोजित एक सडक बहस कार्यक्रममा नेतृ थापाले पिडितको पक्षमा बोल्दा आफुमाथी समाजको दृष्टिकोण देखेर यतिबेला आफूलाई सतीप्रथामै छौं कि जस्तो आभास भएको बताएकी हुन् । अहिलेको प्रकरणलाई जोड्दै उनले चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको कटाक्ष गरिन।

‘उनले भनिन्, अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस्,’ । उनले थपिन्, ‘त्यो नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखियो । हामी त अझै सतीप्रथामा छौं कि क्याहो जस्तो महुसस भयो मलाई त । महिलालाई तिमीहरू सहेर बस, तिमीहरू नै खराब भन्ने खालको सोच देखियो । जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । उनले भनिन्, म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved