युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध

  • फाल्गुन २९, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि बढिरहेको रुसी सेनालाई युक्रेनी सेनाले हिम्मत नहारी रोक्ने प्रयास गरिरहेको छ । अहिले रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको पनि संचारमाध्यमहरुले जनाएका छन् । अब जुनसुकै बेला पनि लडाइँ कीभमा प्रवेश गर्न सक्नेछ । रुसले युक्रेनमाथि हमला गरेको आइतबर १८ दिन पुगेको छ । रुसले युक्रेनमा धेरै जसो संरचनाहरु ध्वस्त पारेको छ । तर पनि युक्रेनी सेनाले हार भने मानेको छैन । कीवलाई रुसी सेनाले युद्ध ट्यांकले घेरेका छन् ।

कीव कब्जाका लागि अघि बढेको रुसी सेनाले युक्रेनमा धेरैजसो शहर कब्जामा लिएको छ । सबैतिर विस्फोटका अवाजका कारण युक्रेनी नागरिकमा डर र त्रास बढेको छ । १५ लाख भन्दा बढि युक्रेनका नागरिक युद्धबाट जोगिन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् ।
रुसले सबैतिर आक्रमणको निसाना बनाएपछि युक्रेनमा महिला बालबालिका र बृद्धबृद्धाको अवस्था निकै गम्भीर बनेको छ । रुसले युक्रेनको मारिउपोल शहर कब्जामा लिएपछि त्यहाँका मानिसहरु थारै खाना र पानी बीना दिन र रात काट्न बाध्य भएका छन् । युद्धका कारण पानी र बिजुलीको लाइन ध्वस्त भएका छन् ।

कीभमा ठूलो आक्रमणको लागि रुसी सेना तयार अवस्थामा बसेको छ । रूसी सेनाले किभ नजिकैको एउटा गाउँ खाली गर्न महिला र बालबालिका माथि गोली हानेको र त्यसमा सात जनाको मृत्यु भएको युक्रेनले बताएको छ । युक्रेनका सबै शहरहरुमा युद्धको साइरन बजेको संचारमाध्यमहरुले जनाएका छन् ।

अहिलेसम्म रुसले युक्रेनमाथि आक्रमण गर्दा युक्रेनका १३ सय सेनाको ज्यान गएको छ भने धेरै नागरिकाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved