इपिएल फुटबलमा चेल्सी विजयी

  • फाल्गुन ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जिताउन काइ हार्भट्जले खेलको ८९औँ मिनेटमा गोल गरे । यो गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५९ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ । न्युक्यासल भने ३१ अङ्क जोडेर १४ औँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा वुल्भ्स, लिड्स युनाइटेड, वाट्फोर्ड, वेस्टह्याम र आर्सनल विजयी भएका छन् ।

लिड्सले नर्विचलाई, वेस्टह्यामले एस्टन भिल्लालाई र वाट्फोर्डले साउथह्याम्पटनलाई समान २–१ गोल अन्तरले हराउँदा आर्सनलसँग लेस्टर सिटी २–० गोल अन्तरले पराजित भयो । यस्तै, वुल्भ्स्ले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved