रूससँग वार्ताका लागि युक्रेनी राष्ट्रपतिका ६ वटा सर्त

  • चैत ४, २०७८
  • कालापानी मिडिया
alt

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा सर्त अगाडि सार्नुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले युक्रेन शान्ति वार्ताका लागि तयार रहेको तर आफ्ना ६ वटा सर्त सम्बोधन हुनुपर्नेमा जोड दिए । रूसले युद्ध अन्त्य गर्नुपर्ने युक्रेनको पहिलो सर्त रहेको छ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताए ।

रूसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा शान्ति वार्ता सुरु भएको थियो । तर यसअघिका वार्ता परिणाममुखी हुन भने सकेनन् । गएको सोमवार चौथो चरणमा पछिल्लो वार्ता भएको थियो । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा निरन्तर हमला गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
डोल्पामा डा. सुनिल क ...

डोल्पा । नेपाली कांग्रेस नेता तथा गिरिजा प्रसाद फाउन्डेसनका अध्यक्ष डा. सुनिल कुमार शर्मालाई डोल्पाम ...

कांग्रेस सुदूरपश्चिम ...

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति पदमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषण ...

सुदूरपश्चिम रोयल्स ब ...

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ। कीर्तिपुरस्थित ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved