रियल मड्रिडविरुद्ध बार्सिलोनाको गोलको वर्षा

  • चैत्र ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ। रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सम्पन्न खेलमा बार्सिलोनाले ४–० को फराकिलो जित हात पारेको हो।

बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ तथा रोनाल्ड अराउजो र फेरान टोरेसले समान १–१ गोल गरे। पहिलो हाफमा २ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेका थियो।

बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो। ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो गोलको ८ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो। डेम्बेलेको क्रसमा नै अराउजोले हेडरमार्फत गोल गर्दै २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले गोल गर्दै ३–० को स्थितिमा पुर्याए।

त्यसको ४ मिनेट नबित्दै बार्सिलोनाले विवादका बीच ४–० को अग्रता लियो। जितसँगै बार्सिलोनाले रियलसँगको अंक दूरी १२ मा झारेको छ। बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा छ।​

शीर्षस्थानमा रहेको रियल मड्रिडको २९ खेलमा ६६ अंक छ। दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अंक छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved