चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न अमेरिकालाई चीनको आग्रह

प्रतिबन्ध खारेज नगरिए अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी

  • चैत ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ ।

प्रतिबन्ध खारेज नगरिएमा बदलामा अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ । चीनले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यक समुदायमाथि दमन गरेको आरोपमा अमेरिकाले केही चिनियाँ अधिकारीमाथि प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ ।

यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीको संख्या र परिचय भने खुलाइएको छैन । अमेरिकी अधिकारीले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमलाई बन्दी बनाईएको दाबी गर्दै आएका छन् ।

अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको र यो दुईपक्षीय सम्बन्धका लागि गलत नजीर हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभएको छ । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी कदमको दृढतापूर्वक विरोध गर्ने पनि वाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved