दुई बर्षमा सङ्घीयताको जग बलियो बनायौँ - मुख्यमन्त्री भट्ट

  • फागुन ६, २०७६
  • कालापानी मिडिया
alt

कैलाली । मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकार प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध भएर लागेको बताएका छन्। कैलालीको आज चुरे गाउँपालिका–६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए।

उनले सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई वर्षको समीक्षा गर्दा सन्तोषजनक रहेको बताउँदै प्रदेश सरकारले सङ्घीयताको जग बलियो बनाउने काम गरेको बताए। मुख्यमन्त्री भट्टले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको दाबी गरे।

प्रदेशको नामकरण र राजधानी तोक्नुलाई सरकारको मुख्य उपलब्धि ठान्दै उहाँले ३१ वटा कानून निर्माण गरी सरकारबाट सेवा प्रवाह भइरहेको बताए। प्रदेश सरकारको जिम्मेवारी सम्हाल्दा कानून र संरचना अभाव भएकाले अहिले हामीले कानून कार्यान्वयन तथा कार्यालय व्यवस्थित गरेको उनको भनाइ छ।

कर्मचारी अभावका कारण प्रदेश सरकारले चाहेको गतिमा काम गर्न नसकेको उहाँले स्वीकार गरे। रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved