पार्टी एकताको टुङगो लागिसक्यो _कमल थापा

  • फाल्गुन ६, २०७६
  • कालापानी मिडिया
alt

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकताको टुंगो लागिसकेको बताएका छन् । बुटवलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षा थापाले पार्टी एकताकालागि नेतृत्व, सिद्धान्त र चुनाव चिन्हको विषयको समेत टुङ्गो लागिसकेको जनाएका हुन् ।

86733721_3078587968871892_3459869312553058304_o

उनले दुवै पार्टिको कुरासमेत मिलिसकेको जनाएका छन् । उनले भने, अब मात्र पशुपतिशमशेर जी र डाक्टर लोहनी जी को टेलिफोनको प्रतीक्षामा छु । थापाले महाधिवेशनलाई बल पुग्ने गरी पार्टी एकता हुने स्पष्ट पारे । उनले पार्टी एकतामा धेरै बिलम्ब भए पार्टीको महाधिवेशनलगायत संगठन सुदृढीकरण अभियान भने नरोकिने स्पष्ट पारे । उनले भने, उहाँहरूले खबर नै गर्नु भएन भने चुप लागेर बस्ने कुरा भएन, सङ्गठन निर्माणको काम निरन्तर अघि बढ्छ ।

86754912_3078587768871912_2731956077678559232_o

केपी शर्मा ओली नेतृत्वको सरकारप्रति मिजासिलो व्यवहार गर्दैआएका अध्यक्ष थापाले यसपटक भने सरकारप्रति पनि आक्रामक अभिव्यक्ति दिएका छन् । केही दिनअघि प्रधानमन्त्रीले सरकार ढाल्न चलखेल भइरहेको भनी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भने, सरकार ढाल्न खोज्ने को हो ? जनताले थाहा पाउन जरुरी छ । अध्यक्ष थापाले जनता स्थिरता र समृद्धिको पक्षमा रहेको बताए । मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र ब्रम्हलुटको अन्त्य बिना मुलुकले स्थायित्व पाउन नसक्ने उनको धारणा थियो ।

86631251_3078587828871906_3660468444467298304_o

राजा र राजसंस्थालाई अनावश्यक विवादमा पार्न नहुने भन्दै चुनावभन्दा माथिको साझा संस्थाको रूपमा राजसंस्थालाई राख्नु पर्ने धारणा उनले राखेका थिए । पत्रकार भेटमा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण बहादुर गुरुङ, प्रदेश ५ का अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री राजाराम बर्तौलालगायतका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved