गठबन्धनको बैठक आजपनी बस्दै, तालमेलको मोडालिटीबारे छलफल हुने

  • चैत्र २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ ।बिहान ९ बजे बालुवाटारमा नेताहरू बैठक बस्न लागेका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको हिजोको बैठकमा भएको बैठकमा आज शिर्ष नेतासँग बस्ने निर्णय भएको थियो ।

आजको शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ । हिजो अनुगमन समितिले स्थानीय निर्वाचनका लागि गठबन्धन गर्ने सम्बन्धमा स्थानीय तहको रिपोर्टिङमाथि छलफल गरेको थियो । तलबाट आएको प्रतिवेदनअनुसार गठबन्धनको मोडालिटी बनाएर शीर्ष नेतालाई बुझाउने तयारी रहेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved