बास्केटबल लिग जेठ दोस्रो सातादेखि

  • चैत २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो सातादेखि काठमाडौंमा हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाएको हो। दुई महिनासम्म सञ्चालन हुने एनबिएल नेपालकै ठूलो बास्केटबल लिग हो। लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा हुनेछ। शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन। प्लेअफका खेलहरू असार ३२ देखि सुरु हुने छन्। पुरुषतर्फ ५६ र महिलातर्फ २० लिग खेल हुने छन्।

लिगमा पुरुषतर्फ आठ टोलीले सहभागिता रहने छ भने महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब, रोयल बास्केटबल क्लब, बुढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोले सहभागिता जनाउनेछन्।

यस्तै‚ महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाई क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडका उपाध्यक्ष अरुण कार्कीले जानकारी दिए। प्रतियोगितामा एक टोलीले चार विदेशी खेलाडी समावेश गर्न पाउनेछन् भने दुई खेलाडीले कोर्टमा खेल्न पाउन प्राब्धान तोकिएको छ।

एनबिएल पुरुषको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने महिलाको विजेताले एक लाख रुपैयाँ पाउनेछ। पुरुषतर्फ दोस्रो हुने टिमले एक लाख र महिलातर्फ दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छ। यस्तै‚ हरेक खेलमा मस्ट भ्यालुएबल खेलाडीले तीन हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गर्ने छन्। लिगका उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले समान १० हजार रुपैयाँ बराबरको गिफ भौचर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved