काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस र कम्युष्टिहरुले विगत ३१ वर्षदेखि देशलाई बन्धक बनाइ देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको आरोप लगाए ।
हेटौंडामा आज (आइतबार) आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। अध्यक्ष लिङदेनले सामान्य आँखाले हेर्दा मुलुकमा केही नभए जस्तो लागेपनि श्रीलंकाको बाटोमा लम्किएको टिप्पणी गरे । उनले थप २५ वर्ष समय दिएपनि काङ्ग्रेस ,कम्युनिष्टले देश बनाउन नसक्ने ठोकुवा समेत गरे ।
राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ तथा भुवन पाठकले देशको विकास गणतन्त्र र संघीयताबाट सम्भव नभएकाले पुराना दललाई विस्थापित गर्नुपर्ने बताए। आमसभा अघि विभिन्न ठाउँबाट मोटर साइकल र्याली समेत निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved