काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तानाशाह भएको आरोप लगाएका छन् ।
युक्रेनमा नरसंहार गरेको भन्दै राष्ट्रपति बाइडेनले पहिलोपटक पुटिनलाई तानाशाह भनेका हुन् । उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि बाइडेनको भनाइ सत्य भएको बताएका छन् ।
‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’ दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए । यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved