फिलिपिन्समा भिषण बाढीपहिरो : ५३ जनाको मृत्‍यु १ लाख बढी प्रभावित

  • चैत ३०, २०७८
  • कालापानी मिडिया
alt

फिलिपिन्समा गत आइतबारदेखि सुरु भएको भिषण बाढीपहिरोको कारण हालसम्म ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ भने १ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । फिलिपिन्सको सेन्ट्रल प्रान्त वरिपरीका ठाउँहरु बाढीपहिरोले प्रभावित बनेका छन् भने बाढीसँगै बगेर आएको लेदो माटोको कारण बुधबारसम्म पनि उद्धार कार्य प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ ।

बाढीले सेन्ट्रल प्रान्त नजिक अवस्थित एक गाउँका ८० प्रतिशत घरहरु बगाएको छ । फिलिपिन्स राष्ट्रिय प्रकोप एजेन्सीका अनुसार बाढीको कारण दक्षिण र पुर्वी फिलिपिन्समा १ लाखभन्दा बढी मानिस प्रभावित बनेका छन् । यस्तै मृत्‍यु हुनेको संख्यामा पनि वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

फिलिपिन्सले २० वर्ष यताकै विनाशकारी बाढीपहिरो आएको बताएको छ । फिलिपिन्समा गत डिसेम्बरमा आएको समुद्री आधीका कारण ३७५ जनाको मृत्‍यु भएको थियो भने ५ लाख मानिस प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
डोल्पामा डा. सुनिल क ...

डोल्पा । नेपाली कांग्रेस नेता तथा गिरिजा प्रसाद फाउन्डेसनका अध्यक्ष डा. सुनिल कुमार शर्मालाई डोल्पाम ...

कांग्रेस सुदूरपश्चिम ...

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति पदमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषण ...

सुदूरपश्चिम रोयल्स ब ...

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ। कीर्तिपुरस्थित ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved