रुसी युद्धपोत विष्फोटपछि समुन्द्रमा डुब्यो

  • वैशाख २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसको रणनीतिक महत्वको युद्धपोत मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको छ।

बुधबारको विस्फोटमा क्षतिग्रस्त भएको मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार प्रमुख लडाकु युद्धपोत बुधबार क्षतिग्रस्त भएपछि तानेर बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्रीलहर चलेपछि डुबेको हो। चालकदलका ५ सय १० सदस्य रहेको यो क्रुज रुसी सैन्य शक्तिको निकै महत्वपूर्ण पाटो थियो।

युक्रेनविरुद्धको आक्रमणमो समुद्रीमार्गको नेतृत्वयही युद्धपोतले गरेको थियो। युक्रेनले आफ्नो मिसाइलले यो युद्धपोतमा आक्रमण गरेको दाबी गरेको छ। तर रुसले भने युक्रेनी आक्रमणबारे केहीबोलेको छैन। रुसले आगलागीपछि क्षतिग्रस्त भएको मात्र बताएको छ।

आगलागीपछि युद्धपोतमा रहेकागोलाबारुद्धमा विस्फोट भएको रुसी अधिकारीको भनाइ छ। विस्फोटलगत्तै चालकदलका सबै सदस्यलाई बाहिर निकालिएको रुसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved