स्वास्थ्य सेवा कार्यालय प्रमुखलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

  • वैशाख १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । डेढ महिनाअघि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्।

उनीहरूलाई शनिवार बिहान पक्राउ गरेको जाजकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए। उनका अनुसार प्रहरीले युवा संगठनका अध्यक्ष ३१ वर्षीय डिलबहादुर राना, कुसे इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंहलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई कार्यकक्षमै जुत्ताको माला लगाएको र मोसो दलेको आरोप लागेको छ। उनीहरूले गत फागुन ३० गते जैसीमाथि दुर्व्यवहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved