दिउँसो १ बजे सत्ता गठबन्धनको बैठक बस्दै

  • बैशाख ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि तालमेलको निर्णय गरेका सत्ता गठबन्धनका दलहरुबीच आज पनि छलफल हुने भएको छ। तालमेल मिलाउन गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेर विवाद रहेका स्थानीय तहमा भागवण्डा मिलाउने अन्तिम प्रयास गर्न लागेको हो।

अहिले केहीबेरमा बालुवाटारमा बस्ने बैठकले भागवण्डा नमिलेका स्थानीय तहमा मिलाउने प्रयास गर्ने र नमिले मित्रवत् प्रतिस्पर्धाको निर्णय गर्ने तयारी गरेको छ। समितिको बैठकपछि आजै दिउँसो १ बजे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गर्ने तयारी छ। सत्तागठबन्धनमा आबद्ध दलहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा भागवण्डा गर्ने निर्णय भइसकेको छ भने अन्य स्थानीय तहमा भागवण्डाको जिम्मेवारी जिल्लास्तरीय संयन्त्रलाई दिइएको छ। तर ती संयन्त्रले भागवण्डा मिलाउन नसकेपछि धेरैजसो पालिकामा गठबन्धनका दलहरुले आ–आफ्ना उम्मेदवार बनाएर प्रचार थालिसकेका छन्।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिनको समय दिएकाले दलहरु आज साँझसम्म सहमतिमै उम्मेदवार टुंगो लगाउने कसरतमा जुटेका छन्। यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले पनि अधिकांश स्थानीय तहका उम्मेदवारको टुंगो आज लगाउने भएको छ। हिजो बसेको एमाले सचिवालय बैठकले ५ महानगर र नौ उपमहानगरमा उम्मेदवार टुंगो लगाएको थियो। एक महानगर र दुई उपमहानगरमा आज टुंग्याउने भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved