युक्रेनी राष्ट्रपति र अमेरिकी शीर्ष अधिकारीबीच युक्रेनको सहयोगबारे छलफल

  • बैशाख १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडैं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ ।

रुसले आक्रमण थालेपछि भएको अमेरिकी उच्च अधिकारीहरुको भ्रमणका क्रममा रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकाले युक्रेनका लागि तीन दशमलव चार बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ । आर्थिक सहायता कार्यक्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा रहेको बताएका छन् ।

उनले रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री आइतवार किएभ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved