काठमाडौं । देशै भरि राप्रपाको पक्षमा माहोल बनिरहेको बेला आसन्न स्थानीय निर्वाचनको लागि झापाको गौरादहमा राप्रपाको तर्फबाट मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
नगरबासीहरुको उल्लेख्य उपस्थिति सहित नगरको डिपुचोक स्थित पार्टी कार्यलयबाट गौरादह बजार हुँदै नगरपालिकामा उपस्थित भएर मेयर , उप-मेयर सहित ९ ओटै वडाहरुमा वडा अध्यक्षहरुको उम्मेदवारी दर्ता गराएका हुन्। सयौंको संख्यामा उपस्थित भएका नगरवासीहरुले नारावाजी सहित नगरपरिक्रमा गर्दा स्थानीयहरु घर(घरबाट निस्किएर राप्रपाको नारामा समर्थन जनाइरहेका थिए ।
कांग्रेस र एमालेको दबदवा रहेको गौरादह नगरमा राप्रपाको उदयलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालका अध्यक्ष युवा नेता गोपाल पौडेललाई मेयरमा उठेका छन् भने उप-मेयरमा भरिपूर्ण राईलाई उठाएको छ । त्यस्तै १ नम्बर वडा अध्यक्षमा देवेन्द्र कुमार खड्का , २ नम्बरमा भोला नेपाल , ३ नम्बरमा चन्द्र जंग कार्की , ४ नम्बरमा ज्ञानेन्द्र कटवाल , ५ नम्बरमा नर बहादुर कार्की , ६ नम्बरमा टेकलाल राजवंशी , ७ नम्बरमा टेक प्रसाद अधिकारी , ८ नम्बरमा देवेन्द्र थापा र ९ नम्बरमा मुरली न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाले नगर परिक्रमा गर्ने क्रममा गौरादह २ नम्बर वडामा अबस्थित बिसहरी मन्दिर भित्र प्रवेश गरि सम्पूर्ण उम्मेदवारले भ्रष्टाचार गर्ने छैन भनी कसम खाएका थिए ।राप्रपाको राष्ट्रिय निति अन्तर्गत गौरादह नगरमा उठ्ने सम्पूर्ण उम्मेदवारले ञभ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो झ भनी भ्रष्टाचार नगर्ने कसम खाएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved