हेटौंडाको मेयरमा पूर्व र वर्तमान नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

  • बैशाख १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको मेयरमा पूर्व र वर्तमान नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा ९पूर्व एमाले० र एमालेका अनन्त पौडेलबीच हेटौंडाको मेयरमा कडा प्रतिस्पर्धा हुने भएको हो। गठबन्धनमा पाँच दल भए पनि जनता समाजवादी पार्टी जसपाले एकल उम्मेदवारी दिएसँगै हेटौंडामा गठबन्धन चार दलमा सीमित भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपमहानगरपालिकाको उमेयर निर्वाचित लामा अहिले एकीकृत समाजवादीबाट एमालेविरुद्ध निर्वाचन मैदानमा उत्रिएकी हुन्। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी लामाले कुनै समय एउटै पार्टीमा रहेका एमालेका उम्मेदवार पौडेललाई हराउनु पर्ने भएको छ। संविधानसभा सदस्य भएका मेयरका प्रत्यासी पौडेल स्थानीय तहमा भने नयाँ अनुहार हुन्। तर उनी एमाले मकवानपुरका पुराना र वैचारिक नेताका रूपमा परिचित छन्।

हेटौंडा एमालेको लालकिल्लाको रूपमा परिचित छ। एकीकृत समाजवादी गठबन्धन दलसँग मिलेर विपक्षमा उभिए पनि अझै एमाले नै बलियो देखिएको छ। तर, जिल्लाको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो नेकपा माओवादी केन्द्रको साथ पाएको एकीकृत समाजवादी पनि कमजोर भने छैन।

आफ्नै सांगठनिक मत नभए पनि समाजवादीका उम्मेदवार लामाको प्रभाव रहेको छ। कांग्रेसभित्रको अन्तरद्वन्द्वले कुनै असर नगरे तेस्रो ठूलो दल माओवादी केन्द्रको साथमा लामा मेयरमा निर्वाचित हुने सम्भावना बढी छ। तर, कांग्रेसभित्रको चरम असन्तुष्टिको असर मतदानमा पोखिने पनि लगभग स्पष्ट नै छ।

मेयरमा २१ जनाको उम्मेदवारी

हेटौंडाको मेयरमा २१ जनाको उम्मेदवारी परेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तोकिएको समयसीमा हेटौंडाको मेयरका लागि २१ जनाले उम्मेदवारी दिएका हुन्। लामा र पौडेलसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट दीपक सिंहले पनि मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। यसैगरी नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, नेकपा समाजवादीबाट रोमनाथ भुर्तेल, उन्नत लोकतन्त्र पार्टीबाट अयोद्यकुमार भट्टराई र सचेत नेपाली पार्टीका तर्फबाट रामप्रसाद गौतमको पनि उम्मेदवारी परेको छ।

मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाले उम्मेदवारी दिएकी छिन्। मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार नेपालको लागि नेपाली पार्टीबाट सुकुन्दप्रसाद आचार्य, नेकपा मालेबाट केशव घर्ती, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट संजिव खराल र जनता समाजवादी पार्टीबाट दीपा लामाले उम्मेदवारी दिएका छन्। यस्तै कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तरकुमार दुलाल, लिलाकुमारी आचार्य, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे, प्रदीप ढकाल, सञ्जय खरेल र देवराज पौडेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

हेटौंडाको उपमेयरमा पनि ११ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ र एमालेबाट सुमित्रा काफ्लेले उपमेयरमा उम्मेदवारी दिएका हुन्।

२०७४ को निर्वाचनलाई हेर्दा

२०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर्उपमेयरसहित १९ वटा वडामध्ये १२ वटामा एमालेले जितेको थियो। अन्य सातमध्ये पाँच वटामा कांग्रेस र २ वटामा माओवादी केन्द्रले जितेको थियो। माओवादी केन्द्रले जितेको २ वटा वडामध्ये एउटाका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन्। एमालेका एक वडाध्यक्ष एकीकृत समाजवादीमा पुगेका छन्। २०७० को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर पदमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो। कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेका थिए।

निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले जित हात पारेको थियो। हेटौंडाको मेयर निर्वाचित एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाए।

उपमेयरमा एमालेकी मीनाकुमारी लामाले माओवादी केन्द्रका बलराम बललाई हराएकी थिइन्। लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत पाए। हाल लामा एकीकृत समाजवादीमा आबद्ध छन् भने बल एमालेमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved