एमसिसीको विरोध गरेको नलेख्ने, संसद् विघटनविरुद्ध हस्ताक्षर गरेको चै घोषणापत्रमा लेख्ने भन्दै भिम रावल कांग्रेसप्रति असन्तुष्ट

  • बैशाख १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल नेपाली कांग्रेसप्रति असन्तुष्ट भएका छन्। उनि कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध अदालत गएको विषय उल्लेख गरेपछि रुष्ट बनेका हुन्।

नेता रावलले सामाजीक संजाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्, ‘संविधानविपरीतको प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मैले हस्ताक्षर गरेको नेकाले घोषणापत्रमा लेखेछ। राष्ट्रघाती प्रावधान भएका एमसिसीसँगका दर्जन सम्झौता संसद्‌लाई थाहा नदिई मूल सम्झौता होहल्लाबीच अनुमोदन गर्ने कुरा मुद्दा हाल्दा र गठबन्धनको कार्यक्रममा थिएन भन्ने तथ्य किन नलेखेको ?’

vvi
प्रतिनिधिसभा विघटनको विषयलाई उल्लेख गरेको कांग्रेसले राष्ट्रघाती प्रावधान भएका एमसिसीसँगका दर्जन सम्झौता संसद्लाई थाहा नदिई होहल्लाबीच अनुमोदन गर्ने कुरा मुद्दा हाल्दा र गठबन्धनको कार्यक्रममा थिएन भन्ने तथ्य किन नलेखेको भनेर प्रश्न गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको सरकारले एमसिसी अनुमोदनको प्रस्ताव गर्दैगर्दा एमाले नेता रावल त्यसको विरोधमा बोलिरहेका थिए। एमालेले सभामुखको भूमिकालाई लिएर संसद्‌ अवरोध गर्दैगर्दा नेता रावल भने पार्टीको निर्णयविरुद्ध एमसिसीको विपक्षमा संसद्‌मा बोलेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा अदालतको परमादेशबाट प्रधानमन्त्री बनेको भन्ने भनाइको जवाफ दिँदै एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको टिप्पणी गरेको थियो।

कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘नेकपा (एमाले) का अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ । तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो।’

congress_HLZIBmVOfW
कांग्रेसले एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको टिप्पणी गरेको थियो।

‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले)को वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला रु यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन’‚ कांग्रेसको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved