निर्वाचनको प्रचारमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न महिला आयोगको आग्रह

  • वैशाख २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय महिला आयोगले चुनावी प्रचारमा लैंगिक, जातिय तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग नगर्न आग्रह गरेको छ।

आयोगले कतिपय स्थानीय तहमा राजनैतिक दल तथा उम्मेदवारले लैंगिक, जातीय तथा सामाजिक सांस्कृतिक रुपमा लक्षित गरी आँच पुर्याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषाको प्रयोग भएको देखिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार आयोगका उपसचिव गिरिराज ज्ञवालीले विज्ञप्ती जारी गर्दै यस्ता किसिमका अभिव्यक्तिले लैंगिकता तथा व्यक्तिको आस्था तथा मानव अधिकारमा सामाजिक सद्‌भावमा आँच आउने अवस्था देखिएको बताएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ,‘यस्ता अभिव्यक्ति प्रकट नगर्न तथा सबै प्रति सम्मान जनाउने गरी आफ्ना अभिव्यक्ति राख्न सबै दल, उम्मेदवार तथा दलका कार्यकर्ता र मतदाताहरूमा आयोग अनुरोध गर्दै यस्ता विषयमा निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराउँछ ।’

यही वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ भने उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ । लगत्तै चुनावी प्रचारमा जुटेका उम्मेदवार, राजनैतिक दल तथा मतदाताहरूले एकअर्कालाई होच्याउने तथा गाली गलौजको भाषा प्रयोग गरेका प्रति महिला आयोगको ध्यानाकर्षण भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved