भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे २ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाका आमा बुबा घाइते भएका छन् ।
आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिए । खेममणि तामाङ र उनकी श्रीमती मिना तामाङलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । यस्तै, आगलागीबाट चार घर जलेर नष्ट भएका छन् ।
खेममणि तामाङको पसलबाट सुरु भएको आगोले उनको घरसहित पसल, डम्बर तामाङको २ वटा घर तथा त्यस घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको घर तथा होटल र त्यही घरमा रहेको सूर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved