काठमाडौं । दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मंगलबार बेलुका जिल्लाको दुहु गाउँपालिका–५ चल्लेगडामा भएको दुई पक्षीय झडपमा एमालेका अध्यक्षका उम्मेदवार ४८ वर्षीय मान सिंह बडाल घाइते भएको प्रहरीले जनाएको छ ।
‘झडपको कारण खुल्न सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले नेपालखबरसंग भने, ‘घटनामा संलग्न फरार रहेका छन्, खोजी कार्य भइरहेको छ ।’
प्रचारबाट फर्किने क्रममा एमालेका अध्यक्ष उम्मेदवार बडाललाई सत्तारुढ गठबन्धनका मान बहादुर कुँवर लगायतको समूहले आक्रमण गरेको थियो ।
घाइते अध्यक्षका उम्मेदवार बडालको अनुहारमा चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved