पुष्कर भट्ट,
कञ्चनपुर । स्थानीय तहको निर्वाचन आउँन एक दिन बाँकी रहदा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसले मतदातालाई पैसा वितरण गरिरहेको तथ्य बाहिर आएको छ ।
गयराती नेपाली काँग्रेस कृष्णपुरका उम्मेदवारहरु निकट नेता कार्यकर्ताहरुले मतदाता प्रभावित पार्नका लागि पैसा वितरण गरिरहेको तथ्य बाहिर आएको हो ।
पैसाको बलमा निर्वाचन जित्नका लागि काँग्रेसले पैसा वितरण गरिरहेको अवस्थामा गयराती प्रहरीले करन महरलाई पक्राउ गरेको हो । महराका साथबाट २ लाख, २२ हजार ६८० रुपैया बरामद गरेको छ । महरालाई राती ठुलो परिमाणमा पैसा बोकेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कृष्णपुरका एमाले, माअोवादी, राप्रपा सहितका अन्य पार्टीका नेता कार्यकर्ताहरुले पैसा वितरण गर्न जाँदा फरक दलका नेता कार्यकर्ताले अहिले काँग्रेसले विवाह तथा अन्य बहाना बनाईरहेको बताईरहेका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved