रूकुम पश्चिममा पैसा बाँडेको आरोपमा माओवादीका उम्मेदवार पक्राउ,माओवादी र कांग्रेस कार्यकर्ताबीच कुटाकुट

  • वैशाख २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । रूकुम पश्चिममा पैसा बाँडेको आरोपमा माओवादी केन्द्रका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगातलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले बताए । मौन अवधिमा आफ्नो पक्षमा पार्न मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो । उनीहरुको साथबाट तीन थान खुकुरीसमेत बरामद भएको छ । रूकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच फेरि झडप भएको छ । झडपमा परि पाँच जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन् ।

डिल्लीको टाउको र बाँया हातमा चोट लागेको छ भने डायमनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बुढा र घर्तीको टाउकोमा चोट छ । घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए । यसैबीच पैसा बाँडेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका एक उम्मेदवारसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नियन्त्रणमा लिनुअघि माओवादी र कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved