आज देशभर निर्वाचन हुँदै, ३५ हजार २२१ पदको लागि एक लाख ४५ हजार उम्मेदवार

  • बैशाख ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज देशभर निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।

जेठ ३ गते मतदान हुने पालिका

कपिलवस्तुको महाराजगंज नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मा भने जेठ ३ गते मतदान हुनेछ। तुलसीपुर १७ मा वडाध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका लभरु चौधरी र महाराजगंजका नेपाली कांग्रेसका तर्फबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको वैशाख २७ गते मृत्यु भएपछि आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगका अनुसार स्थानीय तहका विभिन्न पदमा उम्मेदवार दिएकामध्ये ९ जनाको मृत्यु भएको थियो। तीमध्ये सुनसरीको हरिनगर गाउँपालिका, रौतहटको बृन्दावन नगरपालिका, मोरङको केराबारी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र सिराहाका सिराहा नगरपालिकाका निर्वाचन कार्यक्रम संशोधन भएका थिए। निर्वाचन कार्यक्रम संशोधन भएका ७ स्थानीय तहमा पनि आजै मतदान हुँदैछ।

निर्धक्क मताधिकार प्रयोग गर्न गृहको अनुरोध

गृहमन्त्रालयले आज हुने मतदानमा कसैको डर धम्की तथा प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न अनुरोध गरेको छ। देशभरका १० हजार ७५६ वटै मतदान स्थलमा कर्मचारी सहित सुरक्षाकर्मीहरु परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको भन्दै मन्त्रालयले निर्धक्क भोट खसाल्न अनुरोध गरेको हो।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्न सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षहरुलाई पनि मन्त्रालयले अनुरोध गरेको छ।

सरकारले शान्ति सुरक्षाको कडा व्यवस्थाको बावजुद कतैबाट डर, त्रास, धम्की आएमा वा असुरक्षा महसुस भएमा नजिकैको प्रहरी इकाई वा प्रहरीको नम्बर १०० मा वा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न भनेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved