झापामा भारी वर्षा, मतदान प्रभावित हुने सम्भावना

  • वैशाख ३०, २०७९
  • कालापानी मिडिया
alt

झापा । गए रातिदेखिको वर्षाका कारण जिल्लाका मतदान केन्द्र प्रभावित बनेका छन्। मतदान सुरु हुनैलाग्दा पानीले समस्या पर्ने देखिएको छ।

प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले मौसम पूर्वानुमान बमोजिम नै जिल्लाका मतदान केन्द्र व्यवस्थित बनाएको दाबी गरे। ‘पानी त परिरहेको छ, तर अहिलेसम्म कुनै मतदान केन्द्रमा समस्या आएको छैन,’ उनले भने, ‘लगातार पानी परिरहे मतदान केन्द्र पुग्ने मतदातालाई केही समस्या हुन सक्छ।’
निर्वाचन आयोगले मतदान गर्ने दिन पानी पर्ने सम्भावना रहेकाले त्यही अनुसारको तयारी गर्न जिल्ला निर्वाचन कार्यालयहरूलाई सूचना जारी गरेका थिए। त्यसै अनुसार निर्वाचन कार्यालय झापा र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका २८६ मतदान स्थलका ७५५ मतदान केन्द्रहरूमा पानीबाट मतपेटिका र मतपत्र जोगाउन मतदान अधिकृतहरूलाई जानकारी गराएका थिए।

मतदान केन्द्रहरूमा रहेको खुला भवन, ट्रष्ट, बरण्डा लगायतका स्थल प्रयोगमा ल्याएको छ। त्यसलाई झन् व्यवस्थित बनाउने हरेक केन्द्रहरूमा त्रिपाल लगाइएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। तर, केही मतदान केन्द्रहरूमा त्रिपालले पनि पानी थेग्न नसक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved