पूर्व मन्त्री पुरूषोत्तम पौडेलले दिए गृह जिल्ला बाराको निजगढबाट पहिलो मतदान

  • वैशाख ३०, २०७९
  • कालापानी मिडिया
alt

श्याम गुप्ता
बारा, ३० बैशाख ।
पूर्व युवा तथा खेलकुद मन्त्री एवंम् नेकपा एमाले पोलिट व्यूरो सदस्य पुरूषोत्तम पौडेलले गृह जिल्ला बाराबाट पहिलो मतदान गर्नुभएको छ । आज भईरहेको स्थानीय तह निर्वाचनका क्रममा मन्त्री पौडेलले गृह जिल्लाको निजगढबाट पहिलो मत खसाल्नु भएको हो ।

उहाँले निजगढ नगरपालिका वडा नं।९ स्थित गौरीशंकर क्याम्पसको मतदान केन्द्रबाट बिहान ७ बजे पहिलो मतदान गरेर उदघाटन गर्नुभएको हो । मतदान गर्ने क्रममा उहाँले अचारसंहिताको पालना गर्दै सहज वातावरणमा आ(आफ्नों अमूल्य मत खसाल्न सम्पूर्ण मतदाताहरूलाई आग्रह समेत गर्नुभयो ।

त्यस्तै, पूर्व श्रम तथा रोजगार मन्त्री एवंम् नेपाली काँग्रेस सह(महामन्त्री फरमुल्लाह मन्सुरले पनि गृह जिल्ला बाराबाट मतदान गर्नुभएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नं।५ स्थित पन्नादेवी उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । बिहान ७ बजेर १५ मिनेंटमा उहाँले आफ्नों मत खसाल्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved