बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने, पुनः मतदान गर्नुपर्ने माग

  • वैशाख ३१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । विवादका कारण बझाङका चार स्थानीय तहमा मतदान स्थगित भएपछि तत्काल मतगणना नहुने भएको छ। जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा पुनः मतदान भएपछि मात्रै मतगणना हुने बताइएको हो।

छबिसपाथिभेरा गाउँपालिका-६ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारलाई कुटपिट गरेर एकलौटी मतदान गरेको भन्दै नेकपा एमाले पुनः मतदान गर्न माग गरेको छ। जयपृथ्वी नगरपालिका-७ को सुवेडास्थित सुनिपिपल मावि मतदानस्थलमा नेकपा माओवादीका एजेन्टले मतपेटी कब्जा गर्न खोजेपछि झडप भएको थियो। झडपपछि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै मतदान स्थगन भएको सूचना टाँस गरिएको छ। केदारस्युँ-४ स्थित जगन्नाथ माविमा स्वतन्त्र उम्मेदवारका आफन्तले फर्जी मत खसालेको भन्दै विवाद उत्पन्न भएको थियो।

त्यहाँ पनि पुनः मतदान हुने बताइएको छ। सुर्मा गाउँपालिका-२ को आधाबगर मावि मतदानस्थल र ३ को कृष्ण मावि काटैमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको झडपले मतदान स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved